जोडिनुहोस
  • होमपेज
  • सत्ता साझेदार कांग्रेसले बोलायो पदाधिकारी बैठक

सत्ता साझेदार कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं। सत्ता साझेदार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । भ्रातृ संस्थाको महाधिवेशन गराउन सभापति शेरबहादुर देउवासहित पदाधिकारी बैठक बस्न लागेको हो ।

पदाधिकारीहरू, भातृ संस्थाको महाधिवेशनको समन्वय र सहजीकरण गर्न बनेको पार्टीको निर्देशक समिति र भातृ संस्थाका अध्यक्षको बैठक बस्ने तय भएको कांग्रेसले जनाएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि तय गरिएको छ । तदर्थमा रहेका भातृ संस्थाको महाधिवेशन गराउने विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । पार्टीले चैत मसान्तभित्र सबै भ्रातृ संस्थाको महाधिवेशन गराउन निर्देशन दिएको छ । कांग्रेसका १३ भातृ संस्थामा निर्वाचित समिति दुई वटा संस्थामा मात्रै छ । अन्य सबैमा तदर्थ समिति छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका