जोडिनुहोस
  • होमपेज
  • त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौं। काठमाडौं कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट निर्माण र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले सूचना निकालेर बोलपत्र स्वीकृत भएको जानकारी दिएको हो ।

कार्यालयका अनुसार प्यारापिट निर्माणका लागि काठमाडौैंको टङ्गालमा रहेको बीकेओआई–केसीडीसी–बीजी जेभीले ४३ करोड ७७ लाख रुपैयाँमा ठेक्का पाएको छ । यस्तै फ्लडलाइट जडानका लागि ललितपुरको गुसिङ्गलमा रहेको विशाल–ईश्वरी जोइन्ट भेन्चरले ४२ करोड १९ लाख रुपैयाँमा ठेक्का पाएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहणपछि त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गर्ने निर्णय गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका