जोडिनुहोस
  • होमपेज
  • भारतीय ऊर्जामन्त्रीको नेपाल भ्रमणपछि ओलीले भारत भ्रमण गर्नेः मन्त्री खड्का

भारतीय ऊर्जामन्त्रीको नेपाल भ्रमणपछि ओलीले भारत भ्रमण गर्नेः मन्त्री खड्का

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भारतीय ऊर्जामन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमणपछि मात्रै हुने भएको छ । बिहीबार भारतको भ्रमण सकेर स्वदेश फर्किएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले यस्तो बताएका हुन्।

उनले छिटै नै भारतीय ऊर्जामन्त्री नेपाल आउने र त्यसपछि मात्रै प्रधानमन्त्री ओलीको भारत भ्रमण तय हुने बताए। ‘इन्डिया इनर्जी वीक–२०२५’ मा भाग लिएर स्वदेश फर्किनुभएका मन्त्री खड्काले भारत भ्रमणका क्रममा तीन जना मन्त्रीहरू (खट्टर, जलशक्तिमन्त्री सीआर पाटिल र पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरीसँग) सँग भेट गरेको र ठूला आयोजना सम्पन्न गर्ने बारेमा छलफल सकारात्मक रहेको जानकारी दिए । उनले भारतीय ऊर्जामन्त्री चाँडै नेपाल आउने तय भएको जानकारी दिए।

उनले भने, “ऊर्जामन्त्री भारतबाट आइसकेपछि सम्माननीय प्रधानमन्त्रीको पनि भिजिट हुने कुरा छ । त्यसपछि सम्माननीय प्रधानमन्त्रीको पनि भिजिटको मिति तय हुन्छ भन्ने हाम्रो अनुमान छ ।”

मन्त्री खड्काले ऊर्जा क्षेत्रमा भारतको राम्रो सहयोग गरेको महसूस गरेको पनि बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका