
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाथीभरामा केबुलकार निर्माण कार्य रोक्न माग गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै यस्तो माग गरेका हुन् ।
‘त्यहाँ त्यो काम (केबुलकार निर्माण) अविलम्ब रोकियोस् । त्यो कसैको हितमा छैन,’ उनले भने, ‘त्यो अशान्त वातावरणलाई शान्त बनाउने एउटै उपाय– केबुलकार निर्माण स्थगन गर्ने हो ।’
यो काम तत्काल गर्न सरकारलाई उनको आग्रह छ । रक्तपात नगर्न सरकारलाई उनको आग्रह छ ।