जोडिनुहोस
  • होमपेज
  • शिक्षामन्त्री विद्या भट्टराईलाई स्वास्थ्यमा समस्या, त्रिवि अस्पताल भर्ना

शिक्षामन्त्री विद्या भट्टराईलाई स्वास्थ्यमा समस्या, त्रिवि अस्पताल भर्ना

काठमाडौं।बिरामी परेपछि शिक्षामन्त्री विद्या भट्टराई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएकी छन्।

ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि उनी शुक्रबार त्रिवि शिक्षण अस्पताल गएकी थिइन्। उनलाई चिकित्सकले भर्ना हुनुपर्ने भनेपछि क्याबिनमा राखेर उपचार थालिएको छ।

उनको उपचारमा नाक, कान, घाँटी विभागका चिकित्सकहरु संलग्न छन्। नाक, कान, घाँटीको समस्या भने अहिले सुधार हुँदै गएको एक चिकित्सकले बताए।

उनलाई क्षयरोगको समेत संकेत देखाएको बताइएको छ। मंगलबार बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Mother your children are like birds