जोडिनुहोस
  • होमपेज
  • साताको पहिलो दिन बजारमा ७५ अंकको उछाल, नेप्से २९ सय बिन्दुनजिक

साताको पहिलो दिन बजारमा ७५ अंकको उछाल, नेप्से २९ सय बिन्दुनजिक

कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० एकैदिन ७५।२४ अंकको वृद्धि भएको छ । यससँगै सूचक २८९०।२८ बिन्दुमा पुगेको छ ।

आज ३०२ कम्पनीका १४ अर्ब २५ करोड ४ लाख ७५ हजार ७३६ रुपैयाँ बराबरका दुई करोड ९१ लाख ६६ हजार ६५६ कित्ता शेयर एक लाख ३९ हजार ५९६ पटकमा खरिद बिक्री भएका हुन् ।

कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक घटेको छ । आज १९६ कम्पनीको सेयरमूल्य बढेको र ४४ कम्पनीको सेयरमूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ ।

हिमालयन डिस्टिलरी, गार्डेन माइक्रो इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

फाइनान्स, माइक्रो फाइनान्स, होटल तथा पर्यटन समूहको परिसूचक चार प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

 

धेरै टिप्पणी गरिएका