जोडिनुहोस
  • होमपेज
  • कांग्रेस क्षेत्रीय सभापतिहरूको प्रशिक्षण भैरहवामा सुरु

कांग्रेस क्षेत्रीय सभापतिहरूको प्रशिक्षण भैरहवामा सुरु

भैरहवा– नेपाली कांग्रेसका क्षेत्रीय सभापतिहरूको प्रशिक्षण कार्यक्रम रूपन्देहीको भैरहवामा सुरु भएको छ ।

प्रशिक्षण कार्यक्रम पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भोलिसम्म चल्नेछ । प्रशिक्षणमा देशभरका क्षेत्रीय सभापति, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति, प्रशिक्षण शाखाका प्रमुख गरेर ३३० जना सहभागी छन् ।

यस्तै, लुम्बिनी प्रदेशका सांसद, मन्त्री र जिल्ला सभापतिहरू पनि कार्यक्रममा सहभागी छन् । प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्‌घाटन समारोहमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत सहभागी छन् ।

यसअघि कांग्रेसले माघ २१ गते सातवटै प्रदेशका सभापति तथा २२ र २३ गते कास्कीको पोखरामा ७७ वटै जिल्लाका सभापति र जिल्लाका प्रशिक्षण शाखा प्रमुखको जिम्मेबारीमा रहेका उपसभापतिलाई प्रशिक्षण दिएको थियो ।

धेरै टिप्पणी गरिएका