जोडिनुहोस
  • होमपेज
  • अमेरिका र क्यानडा पठाइदिने भन्दै साढे ६ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

अमेरिका र क्यानडा पठाइदिने भन्दै साढे ६ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा अमेरिका र क्यानडा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सङ्खुवासभाको मकालु गाउँपालिका–२ घर भई काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–८ हात्तीगौँडा बस्ने २१ वर्षीय सालिकराम बानिया र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ घर भई काठमाण्डौको कीर्तिपुर नगरपालिका–१४ चोभार बस्ने ३१ वर्षीया एलिना पुरी रहेका छन् ।

सालिकरामले अमेरिका पठाइदिने भन्दै एक जनाबाट पाँच लाख र एलिनाले क्यानडा पठाइदिने भन्दै एक जनाबाट एक लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई काठमाण्डौको टेकुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।

धेरै टिप्पणी गरिएका