जोडिनुहोस
  • होमपेज
  • वैशाखसम्म चल्नुपर्ने चिनी उद्योग उखु अभावले फागुनमै बन्द हुन थाले

वैशाखसम्म चल्नुपर्ने चिनी उद्योग उखु अभावले फागुनमै बन्द हुन थाले

एक दशकअघिसम्म वैशाखसम्म चिनी उत्पादन गर्ने उद्योगलाई अहिले फागुनमै उखु अभाव खेप्नु परेको छ । यति बेला व्यस्त हुनुपर्ने महोत्तरीको एभरेष्ट चिनी उद्योग यस वर्ष उखु नपाएपछि बन्द हुने अवस्थामा पुगेको छ ।

उखु अभावकै कारण सर्लाहीको महालक्ष्मी चिनी उद्योग र अन्नपूर्ण चिनी उद्योगले त चालू सिजनको उखु क्रसिङ बन्द गरिसकेका छन् । इन्दुशङ्कर चिनी उद्योगले पनि भोलिदेखि उखु क्रसिङ बन्द गर्ने बताएको छ । फागुन र चैतमा अत्यधिक व्यस्त रहेर वैशाखमा उत्पादन घटाउँदै लैजानुपर्नेमा अहिले नै बन्द गर्नुपर्दा उद्योग समस्यामा पर्ने देखिएको सञ्चालकहरूको भनाइ छ ।

महोत्तरीमा एक दशकअघि १५ हजार बिघाभन्दा धेरै जमिनमा उखु खेती हुने गरेकोमा अहिले आठ हजार बिघाको हाराहारी मात्रै छ । तीन वर्षअघि त पाँच हजार बिघामा झरिसकेको थियो । उद्योगले भुक्तानी सहज बनाएपछि केही बढेको हो । तर पर्याप्त छैन ।

फागुनमै उद्योगलाई उखु अभाव हुनुको मुख्य कारण खेती घट्नुसँगै किसानले उखु आफैँ पेल्नु पनि रहेको छ । सरकारले न्यूनतम मूल्य कम तोक्दा कतिपय किसानले उद्योगलाई उखु दिएका छैनन् । सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने व्यवस्था भए पनि समयमा दिँदैन ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Sports Betting at Non Gamstop Free Spins No Deposit