जोडिनुहोस
  • होमपेज
  • गणतन्त्रवादीकै कारण राजावादीले सडकमा आउने आँट गरे : राजेन्द्र पाण्डे

गणतन्त्रवादीकै कारण राजावादीले सडकमा आउने आँट गरे : राजेन्द्र पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पूर्वराजा ज्ञानेन्द्र शाह चुनाव जितेको शैलीमा विमानस्थलबाट निर्मल निवासतिर लागेको टिप्पणी गरेका छन् ।

उनले राजावादीमा सडकमा आउने आँट बढाएको गणतन्त्रवादी शक्तिहरूकै कारण भएको पनि बताए । पाण्डेले फागुन २५ को प्रदर्शनलाई लिएर गणतन्त्रवादीमाथि नै दोषारोपण गरेका हुन् ।

मंगलबार प्रतिनिधि सभामा विशेष समय लिएर पार्टीकोतर्पबाट बोल्दै उनले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो राखेर राजसंस्था स्थापना हुन्छ भन्नु गम्भीर विषय भएको बताए ।

‘हामीले रगतसँग साटेर गणतन्त्र ल्याएको हो । कसैले बक्सिस दिएको होइन । राजावादीमा आँट बढाउने काम गणतन्त्रवादी शक्तिहरूबाटै भएको हो । दुई ठूला दलको सरकारले डेलिभरी दिन नसक्दा समस्या भयो’, पाण्डेले भने, ‘सहकारीमा मुछिएका सबै व्यक्तिलाई कारबाही भएन । सत्ताभित्रकालाई एउटा र बाहिरकालाई अर्को कानुन लगाउँदा समस्या भयो ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका