
नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिमा शेयर लगानीकर्ता राधा पोखरले नियुक्त भएकी छन् । विशाल बजार कम्पनी लिमिटेडको समेत सञ्चालक समितिको सदस्य रहेकी पोखरेलाई सरकारले सदस्यमा नियुक्ति गरेको हो । प्राधिकरणमा अर्थ मन्त्रालयका सहसचिव, कानुन मन्त्रालयका सहसचिव र बीमाका प्रतिनिधित्व सदस्य हुने व्यवस्था छ । बीमा ऐन अनुसार एक महिला सञ्चालक समिति हुनुपर्ने व्यवस्था भएकाले गर्दा पोखरेललाई सरकारले नियुक्त दिएको हो ।