जोडिनुहोस
  • होमपेज
  • सगरमाथाको ‘अल्टिमेट रेस’: २० दिनमा ४ पटक शिखर! के तोडिएला सबै पुराना रेकर्ड?

सगरमाथाको ‘अल्टिमेट रेस’: २० दिनमा ४ पटक शिखर! के तोडिएला सबै पुराना रेकर्ड?

काठमाडौँ। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा नयाँ कीर्तिमान बनाउने प्रतिस्पर्धा बढ्दै गएको छ। जोखिमपूर्ण भए पनि आरोहीहरू विभिन्न कीर्तिमान कायम गर्न प्रयासरत छन्।

यसै सन्दर्भमा, सगरमाथा आरोही टासी ग्याल्जेन शेर्पा २० दिनमा चारपटक सगरमाथा चढेर नयाँ विश्व कीर्तिमान बनाउने लक्ष्यका साथ आरोहणमा निस्किएका छन्। सन् २०१७ देखि आरोहणमा सक्रिय २८ वर्षीय टासीले यसअघि चारपटक सगरमाथाको सफल आरोहण गरिसकेका छन्। सोलुखुम्बु खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ निवासी टासीले आमादब्लम, चोयु, मकालु र चीनको सिसापाङ्मा हिमाल पनि चढेका छन्। बुबा पनि सगरमाथा आरोही भएकाले उनकै प्रेरणाबाट नयाँ कीर्तिमान बनाउन लागेको टासीले बताएका छन्। यसअघि दावाफुञ्जु शेर्पाले आठ दिनमा तीनपटक सगरमाथा चढेर कीर्तिमान बनाएका थिए।

एटके एक्सपीडिसन कम्पनीमार्फत आरोहण गरिरहेका टासीले सेभेनसमिट ट्रेक्स र फर्टिन पिक कम्पनीमा व्यावसायिक गाइडको रूपमा काम गरिसकेका छन्। सिनियर आरोहीहरूले सगरमाथामा राखेको रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गर्ने उनको उद्देश्य छ। तेन्जिङ नोर्गे, आप्पा शेर्पा, बाबुछिरी र कामीरिता जस्ता कीर्तिमानी शेर्पाहरूले नेपाललाई विश्वभर चिनाएको स्मरण गर्दै टासीले आफू पनि त्यस्तै कीर्तिमान राख्न चाहेको बताए।

सगरमाथाको कीर्तिमानपछि नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने अभियानमा केन्द्रित हुने विश्वास टासीले व्यक्त गरेका छन्। उनले आफ्नो आरोहणको अनुभव सुनाउँदै भारत, चीन र अमेरिकालगायत विभिन्न देशका नागरिकलाई सगरमाथाको शिखरमा पुर्‍याएको बताए। आगामी दिनमा सात महादेशका अग्ला हिमाल चढ्ने योजना पनि उनको छ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
In-depth Analysis of Online Casinos in 2025 and Beyond