जोडिनुहोस
  • होमपेज
  • बारामा टिपर र कार ठोक्किँदा २ जनाको मृत्यु

बारामा टिपर र कार ठोक्किँदा २ जनाको मृत्यु

बाराको जितपुर सिमरामा टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । निजगढबाट पथलैया जाँदै गरेको प्र २_०_००१ख०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको बा ०१_०२५ च ५०७६ नम्बरको कार जीतपुर सिमरा नगरपालिका १६ स्थित भूइँपुल नजिक दिउँसो ३ बजेतिर ठोक्किएर दुर्घटना भएको हो । बाराका प्रहरी प्रवक्ता डिएसपी विजय राज पण्डितका अनुसार दुर्घटनामा चालक सर्लाहीको सुन्दरपुरका जितनारायण साह र कारमै सवार सर्लाहीको बरहथवा_१५ का नारायणहरी शर्माको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुबैजनालाई उपचारको लागि प्रसुति अस्पतालमा लग्दा चिकित्सकले मृत घोषणा गरेको डिएसपी पण्डितले बताए । दुर्घटना पश्चात् टिपट चालक फरार भएका छन् । उनको खोजी कार्य भइरहेको डिएसपी पण्डितले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका