जोडिनुहोस
  • होमपेज
  • कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

सङ्खुवासभा– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ ।

आज बिहान मकालु गाउँपालिका– ३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिए । मङ्गलबार रातभर वर्षा भएपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो । उनका अनुसार पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका