
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक शनिबार दिउँसो २ बजे बस्ने गरी बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुने बर्तौलाको भनाइ छ । बजेट अधिवेशन वैशाख १२ गते शुक्रबारबाट सुरु हुँदैछ ।
अधिवेशन सुरु भएकै दिन प्रधानमन्त्री केपी ओलीले संसद्मा सम्बोधन गर्ने तयारी छ ।




































