जोडिनुहोस
  • होमपेज
  • जसपा नेत्री यादवले वैवाहिक कार्यक्रममा पड्काएको पेस्तोल बरामद

जसपा नेत्री यादवले वैवाहिक कार्यक्रममा पड्काएको पेस्तोल बरामद

जनता समाजवादी पार्टी (जसपा) की नेत्री बबीसिंह यादवले वैवाहिक कार्यक्रममा पड्काएको पेस्तोल प्रहरीले बरामद गरेको छ । विवाह समारोह भएको घरबाट पेस्तोल बरामद गरेको र सक्कली हो कि होइन भन्ने जाँचका लागि विज्ञान प्रयोगशाला पठाउने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीको सोधपुछका क्रममा नेत्री यादवले सर्लाहीमा आफ्नी मामाकी छोरीको बिहेमा खलौनावाला तर बारुद हालेर पड्काउने बन्दुक पड्काएको बताउनुभएको सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार यही वैशाख ११ गते बबी यादवको मामाघरको बिहे सन्दर्भमा हल्दी मेहेन्दीको कार्यक्रममा पेस्तोल पड्काएको पाइएको छ । यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

मधेशमा विवाहको बेला बाजा, पटाका, आतसबाजीहरू गर्ने चलन छ । तर सक्कली बन्दुकसहित पटाकावाला खेलौना बन्दुक पनि सार्वजनिक ठाउँमा पड्काउन प्रतिबन्ध रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका