
शनिबार भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणा भयो । तर, त्यसको केही घण्टामै भारतीय विदेश सचिव विक्रम मिश्रीले विशेष प्रेस ब्रिफिङ गरे ।
स्थानीय समयअनुसार राति करिब ११ बजे विशेष प्रेस ब्रिफिङ आयोजना गरेका मिश्रीले पाकिस्तानमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएका हुन् ।
‘पछिल्ला केही दिनदेखि भइरहेको सैन्य कारबाही रोक्नका लागि शनिबार साँझ सम्झौता भएको थियो,’ मिश्रीले प्रेस ब्रिफिङमा भने, ‘पछिल्ला केही घण्टादेखि पाकिस्तानको तर्फबाट यो सम्झौताको घोर उल्लंघन भइरहेको छ ।’
भारतीय सेनाले त्यसको जवाफ दिएको पनि मिश्रीले बताए । ‘भारतीय सेनाले जवाफी कारबाही गरेको छ । यो सीमा अतिक्रमणविरुद्ध लढीरहेको छ । यो अतिक्रमण अत्यन्त निन्दनीय हो र यसका लागि पाकिस्तान जिम्मेवार छ,’ उनले भने ।
बीबीसीका अनुसार करिब साढे २ मिनेटको प्रेस ब्रिफिङमा मिश्रीले भने- ‘पाकिस्तानले यो परिस्थितिलाई ठीक सँगले सम्झियोस् । र यो अतिक्रमण रोक्नका लागि तुरुन्त उचित कारबाही गरोस् ।’





































