जोडिनुहोस
  • होमपेज
  • हावाहुरीले अकबरे खुर्सानीमा क्षति पुर्‍याएपछि किसान चिन्तित

हावाहुरीले अकबरे खुर्सानीमा क्षति पुर्‍याएपछि किसान चिन्तित

भोजपुर। वर्षासँगै आएको हावाहुरीले खुर्सानी खेतीमा क्षति पुर्‍याएपछि भोजपुरका बोखिमका किसान चिन्तित भएका छन्।

हावाहुरीका कारण फुल्दै गरेको अकबरे खुर्सानी लडाइदिएपछि किसान चिन्तामा परेका हुन्। निरन्तरको वर्षाले फल्ने बेला भएका खुर्सानीमा क्षति पुर्‍याएको स्थानीय कृषक कुमार विष्टले बताए। किसानको राम्रो नगदेबालीका रुपमा रहेको खुर्सानी फल्ने बेलामा हावाले क्षति गरेपछि समस्या भएको उनको भनाइ छ।

बोखिमका अधिकांश किसानले अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका छन्। मल्चिङ प्रविधिबाट यहाँका किसानले खुर्सानीको खेती गरिरहेका छन्। पछिल्लो समय दैविक प्रकोपका साथै, खुर्सानीको जरा कुहिने, पात पहेँलो हुने, फलमा किरा लाग्ने समस्या बढी मात्रामा देखिन थालेको किसानको भनाइ छ। भोजपुर नगरपालिकाको बोखिम, पोखरे, भैँसीपङ्खालगायत क्षेत्रमा खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ।

धेरै टिप्पणी गरिएका