जोडिनुहोस
  • होमपेज
  • मेयर बालेनविरुद्ध अख्तियारमा उजुरी

मेयर बालेनविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालयमा जडान गरिएको लिफ्टमा अनियमितता भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अधिवक्ता युवराज सफलले लिफ्ट जडान प्रक्रिया अपारदर्शी भएको र सार्वजनिक खर्चको दुरुपयोग भएको दाबी गर्दै महानगरका मेयर बालेन शाहविरुद्ध उजुरी दर्ता गराएका हुन्।

सफलले सार्वजनिक खरिद ऐनको मापदण्ड नअपनाई मनपरी ढंगले लिफ्ट जडान गरिएको आरोप लगाएका छन्। उनका अनुसार कुनै प्रस्ट प्रक्रिया नअपनाई, प्रतिस्पर्धा विना कम्पनी छनोट गरिएको र लागत विवरणसमेत स्पष्ट नभएको अवस्थामा काम सम्पन्न भएको छ।

“सार्वजनिक पदमा रहेका व्यक्तिले पारदर्शिता र जवाफदेहिता देखाउनुपर्ने हो, तर यहाँ गम्भीर लापरबाही देखिएको छ,” उजुरीदाताको भनाइ छ।

यस विषयमा अहिलेसम्म काठमाडौं महानगर वा मेयर शाहको औपचारिक प्रतिक्रिया आएको छैन। अख्तियारले उजुरी दर्ता भइसकेको र प्रारम्भिक अध्ययनको प्रक्रिया अघि बढ्ने जनाएको छ।

उक्त लिफ्ट महानगरको मुख्य कार्यालय परिसरमा केही महिना अगाडि मात्र जडान गरिएको हो।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका