
प्रतिनिधिसभाको अवरोध खुलाउने पहल लिन सरकारलाई रुलिङ गर्न सभामुखले रुलिङ गर्नुपर्ने माग उठेको छ । यस्तो माग प्रतिनिधि सभामै उठेको हो । प्रतिनिधिसभामा रास्वपाका सांसदहरूले निरन्तर अवरोध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।
यही माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसदहरूले सदनको बैठक नै बहिष्कार गर्दै आएका छन् । अवरोध र बहिष्कारका बीचमा सदनको कामकारबाही अगाडि बढाइएको र यो संसदीय अम्भ्यास र मूल्य मान्यता विपरित रहेको भन्दै आम जनता पार्टीका सांसद प्रभु साहले सरकारको भूमिका खोजेका हुन् ।
‘बजेटमाथि छलफल चलिरहेको छ तर, संसद्मा विरोध प्रदर्शन भइरहेको छ । सरकारलाई मतलब छैन’ उनी भन्छन्, ‘म सभामुखलाई आग्रह गर्न चाहन्छु– सरकार गम्भीर हुन निर्देश होस् । सभामुखबाट रुलिङ होस् भन्ने माग गन चाहन्छु ।’




































