जोडिनुहोस
  • होमपेज
  • भारतीय दूतावास द्धारा आषाढ पूर्णिमाको अवसरमा नेपालमा बुद्ध स्मरण

भारतीय दूतावास द्धारा आषाढ पूर्णिमाको अवसरमा नेपालमा बुद्ध स्मरण

काठमाडौँ— आषाढ शुक्ल पूर्णिमाको पावन अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले नेपालभरका विभिन्न गुम्बाका भिक्षु तथा प्रतिनिधिहरूको उपस्थितिमा विशेष पूजा कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा थेरवाद, महायान र वज्रयान परम्पराका भिक्षुहरूले संयुक्त रूपमा बुद्धवाणीका मन्त्र र पूजा सम्पन्न गरे। यस अवसरमा भगवान् बुद्धले सारनाथमा दिनुभएको पहिलो धर्मदेशन (धर्मचक्र प्रवर्तन) को स्मरण गर्दै प्रार्थना गरियो।

दूतावासका अनुसार यो कार्यक्रम नेपाल र भारतबीचको पुरानो धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन आयोजित गरिएको हो। कार्यक्रमले दुई मुलुकबीचको साझा बुद्ध विरासत र शान्तिको सन्देशलाई उजागर गरेको दूतावासले जनाएको छ।

भारत र नेपालबीच भगवान् बुद्धको जन्म, शिक्षाशास्त्र र दर्शनमार्फत गहिरो आध्यात्मिक नाता रहेको छ। यस्तो कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई जनस्तरमै मजबुत बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका