जोडिनुहोस
  • होमपेज
  • देश लुट्न कांग्रेस–एमालेले टेन्डर पारेझैँ गरेका छन् : अध्यक्ष लिङ्देन

देश लुट्न कांग्रेस–एमालेले टेन्डर पारेझैँ गरेका छन् : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलहरू कांग्रेस र एमालेको मिलेमतोमा बनेको सरकार भ्रष्टाचारमा गहिरोसँग लिप्त भएको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लिङ्देनले सरकार सञ्चालनको तरिका नै “देश लुट्न टेन्डर खुलाएको” जस्तो भएको टिप्पणी गरे। “कुन मन्त्रीले कुनभन्दा छिटो कमाउने र कसले धेरै लुट्ने भनेर प्रतिस्पर्धा भइरहेको छ,” उनले भने।

सार्वजनिक पद धारण गरेका एक दर्जनभन्दा बढी मन्त्रीहरू विभिन्न विवादमा मुछिएको भन्दै उनले तिनीहरूमाथि गहिरो छानबिनको आवश्यकता औंल्याए। “अब भ्रष्टाचार कहाँ छ भनेर हेर्ने होइन, कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ,” लिङ्देनले कटाक्ष गरे।

अध्यक्ष लिङ्देनले भ्रष्टाचारको अन्त्य कर्मचारी कारबाहीले मात्र सम्भव नहुने भन्दै राजनीतिक तहमै शुद्धीकरण र छानबिनको माग गरे। उनले निरन्तर रूपमा संसद्मा छानबिन समिति गठनको माग गरिँदा पनि सरकारले बेवास्ता गरिरहेको जनाउँदै, अब सडकबाटै दबाव सिर्जना गर्ने चेतावनीसमेत दिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका