
काठमाडौं । अमेरिकामा जन्मिने बच्चाहरूलाई स्वतः नागरिकता नदिने पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश असंवैधानिक ठहरिएको छ। संघीय अदालतले ट्रम्प प्रशासनको उक्त नीति अमेरिकी संविधानको उल्लंघन भएको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको हो।
तीन न्यायाधीशको इजलासले यो निर्णय सुनाउँदै भन्यो, संविधानको उल्लंघन केवल राजनीतिक फाइदाका लागि गर्न मिल्दैन। अदालतले १४औँ संशोधनअन्तर्गतको सिटिजनसिप क्लजलाई मुख्य आधार बनाएको थियो, जसअनुसार अमेरिकामा जन्मिने सबै व्यक्तिलाई नागरिकताको अधिकार प्राप्त हुन्छ।
यसअघि सियाटलस्थित जिल्ला अदालतले नै ट्रम्पको आदेशमा अस्थायी रोक लगाएको थियो। आदेश खारेजीमा वासिङ्टन, एरिजोना, इलिनोइस र ओरेगन राज्यले पनि सघाएका थिए, जसले देशभर अराजकता फैलिन सक्ने चेतावनी दिएका थिए।
हालको फैसलाले ट्रम्पद्वारा नियुक्त न्यायाधीश पैट्रिक बुमाटायको असहमति पनि देखिएको छ। उनले मुद्दा दायर गर्ने राज्यहरूको अधिकारमा प्रश्न उठाए तापनि आदेश असंवैधानिक हो या होइन भन्नेमा चुप लागेका छन्।
अब यो मुद्दा सुप्रिम कोर्टसम्म जान सक्ने सम्भावना छ। तर तत्कालका लागि अमेरिकामा जन्मिएका बच्चाहरूलाई स्वतः नागरिकता दिने व्यवस्था यथावत् रहनेछ। देशभर यस विषयमा हालसम्म नौवटा छुट्टाछुट्टै मुद्दा दायर भइसकेका छन्।





































