
कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्ति नामसारी गर्दा लाग्ने कर बढाएको छ । आथिक वर्ष २०८२र८३ को बजेटमार्फत अंशबन्डा शीर्षकअन्तर्गत राजस्व शीर्षकको कर बढाइएको हो ।
मालपोल कार्यालयका निमित्त प्रमुख जगत रोकायाका अनुसार साबिकमा अंशबन्डा कर ३० लाख रुपैयाँ सम्मको थैली अङ्क जिरो दशमलव दुई प्रतिशत,३० लाख रुपैयाँ देखि २ करोड रुपैयाँ सम्मको थैली अङ्कमा ०.३ प्रतिशत र २ करोड रुपैयाँ भन्दा माथिको थैली अङ्कमा ०.५ प्रतिशत राजस्व तोकिएको थियो ।
चालु आथिक वर्षको बजेटमा राजस्व बढाएर नगरपालिका क्षेत्रमा ३० लाख रुपैयाँ सम्मको थैली अङ्कमा १.५ प्रतिशत, ३० लाखदेखि २ करोड थैली अङ्कमा २ प्रतिशत र २ करोडदेखि माथिको थैली अङ्कमा २.५ प्रतिशत पुर्याइएको छ ।
यसैगरी, गाउँपालिकातर्फको अंशबन्डातर्फको राजस्वमा ३० लाख रुपैयाँ सम्मको १ प्रतिशत, ३० लाख रुपैयाँ देखि २ करोडसम्मको थैली अङ्कमा १.५ प्रतिशत र २ करोड रुपैयाँ भन्दा माथिको थैली अङ्कमा २ प्रतिशत कर तोकिएको निमित्त प्रमुख रोकायाले जानकारी दिए।
शत्प्रतिशतभन्दा धेरै कर बढाएकाले पैतृक सम्पत्ति आफ्नो नाममा र अंशबन्डा गर्न सेवाग्राहीले समस्या मानेका छन् । छायानाथ रारा नगरपालिका–२ चैन गाउँका नवराज चौलागाईंले आफूहरूले अंशबन्डा गर्न मालपोत कार्यालय पुगेपछि मात्र राजस्व बढेको सुनेपछि त्यसै फर्किएको बताए।






































