जोडिनुहोस
  • होमपेज
  • चीनमा बाढीले बगाउँदा १० जनाको मृत्यु, ३३ जना बेपत्ता

चीनमा बाढीले बगाउँदा १० जनाको मृत्यु, ३३ जना बेपत्ता

उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीले कम्तीमा १० जनाको ज्यान लिएको छ भने ३३ जना बेपत्ता भएका छन्।

सरकारी प्रसारक सीसीटीभीका अनुसार अगस्ट ७ देखि लगातार भारी वर्षा भइरहेको गान्सुमा मंगलबार दिउँसो ३ः३० बजे तिर बाढी र डुबानको स्थिति चर्किएको हो।

चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार र खोजी कार्यमा ‘सक्दो प्रयास’ गर्न आदेश दिएका छन्। चरम मौसमका घटनाहरू बढ्दै गएकोतर्फ संकेत गर्दै उनले सबै क्षेत्रमा सतर्कता र जोखिम पहिचानमा ध्यान दिन आग्रह गरेका छन्।

वेइबोमा साझा गरिएको भिडियोमा उद्धारकर्मीहरूले धमिलो बाढीपानीबीच स्थानीयलाई सुरक्षित स्थानतर्फ डोर्याइरहेका देखिन्छन्। प्रान्तीय सरकारले सार्वजनिक गरेका तस्बिरहरूमा सडकहरू हिलो र ठूला ढुङ्गाले अवरुद्ध देखिन्छन्।

चीनमा विशेषगरी वर्षायाममा प्राकृतिक प्रकोपले ठूलो धनजनको क्षति गर्ने गरेको छ। गत महिना मात्रै उत्तरी बेइजिङमा आएको भारी वर्षाले ४४ जनाको ज्यान गएको थियो।

विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक चीनले जलवायु परिवर्तन र चरम मौसमलाई बढावा दिइरहेको आलोचना खेप्दै आएको छ। तर, यो देश नवीकरणीय ऊर्जामा अग्रणी मानिन्छ र सन् २०६० सम्म कार्बन–तटस्थ हुने लक्ष्य लिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?