जोडिनुहोस
  • होमपेज
  • अमेरिकामा नेपाली परिवारको कारुणिक अन्त्य

अन्तर्राष्ट्रिय

अमेरिकामा नेपाली परिवारको कारुणिक अन्त्य

अमेरिकामा नेपाली परिवारको कारुणिक अन्त्य

अमेरिकामा एक नेपाली परिवारको कारुणिक अन्त्य भएको छ। टेक्सस राज्यको डालास सहरमा बस्दै आएका एक नेपालीले श्रीमती र तीन वर्षीय छोरालाई गोली हानेर हत्या गरेर र आफूले आफैलाई पनि गोली हाने।

यसरी ३७ वर्षीया रञ्जना श्रेष्ठ, ५३ वर्षीय ललित प्रधान र उनका नाबालक छोरा प्रनिश प्रधानको जीवन समाप्त भयो। डालास प्रहरीका अनुसार मानसिक तनावमा रहेको र आफूले कामसमेत गर्न नसकेको भन्दै केही दिनअघि फेसबुकमा सन्देश लेखेका थिए। याे घटना आइतबार बिहान २ बजेतिरकाे हाे।

उनलाई नजिकबाट चिन्ने नेपालीहरुका अनुसार लामो समयदेखि उनले डिप्रेसनको औषधिसमेत सेवन गर्दै आएका थिए।

प्रहरीका अनुसार पत्नी र छोराको घटनास्थलमै मृत्यु भएको थियो भने ललितलाई अस्पताल पुर्‍याएपछि मृत घोषणा गरिएको थियो।

त्यहाँको प्रहरीले उनीहरूको बारेमा विस्तृतमा खुलाएको छैन। तर नेपालीहरूका अनुसार ललित भुटानी शरणार्थीका रुपमा अमेरिका पुगेका थिए भने रञ्जना नेपाली नागरिक नै हुन्।

दुई महिनाअघि भर्जिनियाँमा एक नेपाली परिवारका चार जना मृत फेला परेका थिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Chicken Road 2 Game Free Money Demo + Download App apk