
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–९, अजगरामा जंगली च्याउ खाँदा एउटै परिवारका आठ जना बिरामी परेका छन् ।
इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरीक्षक बबिन राईका अनुसार सदा समुदायका आठै जना मंगलबार बिहान घरनजिकैबाट टिपेको च्याउ पकाई खाएका थिए। केही समयमै उनीहरूमा बान्ता र अस्वस्थता देखिएपछि बेल्टार नगर अस्पताल लगिएको हो।
बिरामी पर्नेमा ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा, ३१ वर्षीया सञ्जु सदा, २९ वर्षीया मञ्जु सदा, २९ वर्षीया सरिता सदा, १० वर्षीया सन्ध्या सदा, ११ वर्षीया सन्जा सदा र ५५ वर्षीय लल्कु सदा रहेका छन्।
प्रहरीका अनुसार बिरामीलाई बेल्टार नगर अस्पतालमा उपचार पछि अहिले जिल्ला अस्पताल उदयपुर पठाइएको छ।





































