जोडिनुहोस
  • होमपेज
  • आईपीसीसीको सातौँ मूल्यांकन प्रतिवेदन : चुनिए नेपालका आठ वैज्ञानिक

आईपीसीसीको सातौँ मूल्यांकन प्रतिवेदन : चुनिए नेपालका आठ वैज्ञानिक

काठमाडौँ : विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूह (आईपीसीसी) सातौँ मूल्यांकन प्रतिवेदनका लागि नेपालका आठ वैज्ञानिक चयन भएका छन्।

सातौँ मूल्यांकन प्रतिवेदनको विभिन्न च्याप्टर लेखनका लागि लागि त्रिभुवन विश्वविद्यालयबाट सहप्राध्यापकद्वय डा. नारायण गैरे डा. सुदीप ठकुरी र  छनोट भएका छन्। उनीहरू त्रिवि वातावरण विज्ञानका सहप्राध्यापक हुन् ।

यस्तै इसिमोडबाट डा. भूपेश अधिकारी र डा. अमिना महर्जन, फिम इटालीबाट डा. शोभा पौडेल, नेदरल्याण्डमा कार्यरत ग्रोनिङजेन विश्वविद्यालयका उपप्राध्यापक डा. प्रज्ज्वल प्रधान, सीआईएमएमवाईटीबाट डा.टेक सापकोटा विभिन्न च्याप्टरको मुख्य लेखकको रूपमा छनोट भएका छन्। यस्तै आईपीसीका कार्यगत समूह १ का उपाध्यक्ष डा. महेश्वर रूपाखेती च्यापटर( ३ को रिभ्यू एडिटर चुनिएका छन्।

आईपीसीसीले निकाल्न लागेको विशेष प्रतिवेदनमा अरु दुई नेपाली अनुसन्धानकर्ता पनि संलग्न छन्। प्रा.डा.शोभाकर ढकाल जलवायु र शहर शीर्षकको प्रतिवेदनमा मुख्य लेखक चयन भएका छन्। डा. भूपेन्द्र दास इन्भेन्टोरी फर सर्ट लिब्ड क्लाइमेट फोर्सर्सका लागि मुख्य लेखक छन्।

जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक निकाय आईपीसीसीले जलवायु विज्ञानसम्बन्धी नयाँ विषयको जानकारी र जलवायु परिवर्तनले आगामी दिनमा विश्वमा पार्नसक्ने असरबारे व्याख्या गर्छ। संसारभरिका वैज्ञानिकहरूको स्वयंसेवी योगदानमार्फत आईपीसीसीले निकाल्‍न लागेको सातौँ प्रतिवेदन हो। यो प्रतिवेदन सन् २०२७ मा सार्वजनिक हुनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका