जोडिनुहोस
  • होमपेज
  • नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : महासचिव पोखरेल

नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : महासचिव पोखरेल

दाङ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालकाे सहमति विना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित हुने बताएका छन् ।

शनिबार घोराहीमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको स्पष्ट उल्लेख गर्दै सहमति विना प्रयोग गर्ने प्रयत्नलाई अस्वीकार्य बताए ।

`दुई छिमेकी राष्ट्रहरूले नेपालको भूमि प्रयोग सन्दर्भमा नेपालकै सहमति विना लिम्पियाधुरा, लिपुलेक, कालापानी प्रयोग गर्न खोजेका छन् । नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाएको छ । नेपालकाे सहमति र सहभागिता विना गरिने कुनै पनि समझदारी अनुचित हुन्छ´उनले भने, `तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्न पहल गर्नुपर्छ ।´

सुगौली सन्धि सन् १८१६ तिरकाे सिमानै वास्तविक सीमा भएको दाबी गर्दै उनले नेपालले राखेको अडान तथ्य र प्रमाणमा आधारित रहेको बताए । सरकारको कार्यक्षमता र उपलब्धिबारे बोल्दै पोखरेलले भने, `अघिल्लो अवस्था र अहिलेको अवस्थालाई तुलना गर्दा यो सरकार सफल देखिएको छ । राजस्व बढेको छ, खर्च गर्ने क्षमता मजबुत भएको छ, लगानीयोग्य वातावरण बनेको छ र निजी क्षेत्र उत्साहित छ।´

उनले विकास निर्माणमा गति आएको, रोकिएका आयोजनाहरू अघि बढेका र संघीयता कार्यान्वयनसँग जोडिएका कानुन निर्माण पनि अघि बढेको बताए ।

यसैबीच, पोखरेलले एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २१, २२ र २३ गते हुने जानकारी दिए । महाधिवेशनमा राजनीतिक, संगठनात्मक र विधान संशोधनसहित तीन वटा प्रस्तावमाथि छलफल हुने उनले बताए ।

उनका अनुसार साढे ६ लाख सदस्य छलफलमा सहभागी हुनेछन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीकाे सक्रिय राजनितीमा आउनु उचित नरहेकाे बताए ।

`पूर्व राष्ट्रपती जस्तो सम्मानित व्यक्तिलाई कुनै गतिविधि गर्न नदिएर घर भित्रै बन्धक बनाउनुहुँदैन । सामाजिक रुपमा सक्रिय हुन कुनै राेकताेक छैन´उनले भने,`सामाजिक जीवनका क्रियाकलापमा आउनै हुन्न भन्ने हाेइन, बन्धक नै बस्नुपर्छ भन्नै छैन ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Chicken Road Bonuses and Promo Codes for Indian Players