जोडिनुहोस

हालको खबर

  • होमपेज
  • तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँ।एक वर्षमा तनहुँका तीन हजार घरमा खानेपानी सुविधा विस्तार भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१–८२ मा जिल्लाका दुई हजार ९२७ घरमा खानेपानी सुविधा विस्तार गरेको हो ।

कार्यालय प्रमुख शम्भुराज खनालका अनुसार गण्डकी प्रदेश सरकारमार्फत दुई हजार २२१, सङ्घ सरकार सशर्त कार्यक्रमबाट दुई सय २६ र विशेष अनुदानमार्फत चार सय ८० घरमा खानेपानी सुविधा विस्तार भएको छ । अघिल्लो आवमा जिल्लाका दुई हजार घरमा खानेपानी सुविधा पुगेको थियो ।

आर्थिक वर्ष २०८२–८३ मा जिल्लाका चार हजार ३०० घरमा खानेपानी सुविधा विस्तार गर्ने कार्यालयको लक्ष्य रहेको प्रमुख खनालले बताए । कार्यालयका लागि आव २०८१–८२ मा पुँजीगततर्फ ४३ करोड दुई लाख बजेट विनियोजन भएकामा ३९ करोड ४६ लाख ९१ हजार रुपैयाँ खर्च भएको छ ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका