जोडिनुहोस
  • होमपेज
  • किंङ्सवेरीको क्यासिनोले ब्यापारी टाट पल्टदै, प्रशासन बेखबर

किंङ्सवेरीको क्यासिनोले ब्यापारी टाट पल्टदै, प्रशासन बेखबर

झापा । झापाको बिर्तामोडमा संचालित पाँचतारे होटल किंङ्सवेरीले संचालन गरेको क्यासिनोमा खुलेआम नेपाली नागरिकलाई छिराइने गरेको फेला परेको छ । होटलले संचालन गरेको सेभेन हर्सेस क्यासिनोमा खुलेआम झापाका नागरिक छिरेर जुवा खेल्ने गरेका हुन् ।

कानुनले क्यासिनोमा नेपाली नागरिकलाई प्रवेशमा पुर्ण प्रतिबन्ध लगाएको भएपनि पैसा कमाउने नाममा क्यासिनोका संचालकले नेपाली नागरिकलाई खुलेआम प्रवेश गराउदै आएका छन् । प्रत्येक साँझ करिब ५० देखी ६० जना नेपाली नागरिक क्यासिनो जाने गरेको स्रोतले बताएको छ । बिषेश गरी झापाका काकडभिट्टा, धुलाबारी दमक र बिर्तामोडका ब्यवसायी जुवा खेल्न क्यासिनो छिर्ने गरेका छन् ।

त्यसमा पनि बिर्तामोड क्षेत्रका ब्यवसायीको संख्या उल्लेख्य रहेको स्रोतको दाबी छ भने केही नेपाली नागरिक क्यासिनो छिरेर जुवा हानेको भिडियो फुटेज समेत प्राप्त भएको छ । यसरी क्यासिनो छिर्नेमध्ये प्राय सबै नेपालीले दैनिक लाखौ रुपँया हार्ने गरेका छन् ।

हालसम्म एक देखी सात करोड रुपँया सम्म हार्ने बिर्तामोडका ब्यापारीहरुको लिष्ट लामै भएको खेलमा संलग्नहरुनै बताउँछन् । बिगतमा ब्यवसाय गरेर राम्रो पैसा कमाएका झापाका सयौ ब्यापारी बिर्तामोडमा क्यासिनो खुलेसँगै सडकमा आएको उनिहरुको भनाई छ ।

यसरी दैनिक क्यासिनो छिर्नेमा बिर्तामोडमा माडवाडी समुदायका ब्यवसायिको संख्या उल्लेख्य रहेको पाईएको छ । प्रबिन अग्रवाल, दशरथ शाह, श्रवण शाह नाम गरेका ब्यक्तिहरुलाई बाह्रै महिना क्यासिनोमा देखिने गरेको स्रोत बताउँछ । उनिहरुले हालसम्म करोडौ रुपँया रकम हारेको स्रोतको भनाई छ । क्यासिनो छिरेर करोड रुपँयाको दरले हार्नै ब्यापारीको संख्या सय भन्दा माथि रहेको बिर्तामोडकै एक ब्यापारी बताउँछन् ।

क्यासिनोका कारण अधिकांश झापाका स्थापित व्यवसायी टाट पल्टिएर पलायनसम्मको स्थितिमा पुगेका छन् भने कतिपयले आत्महत्यासम्म गरेका घटना बाहिरिएका छन् । तर, जिल्ला प्रहरी कार्यालय झापाले यस विषयमा कुनै चासो देखाएको छैन ।

होटल किङ्गसबरीमा नेपालीलाई प्रवेश गराएर खुलेआम क्यासिनो खेलाउँदै आएको भन्दै बिर्तामोडका केही व्यवसायीले प्रमुख जिल्ला अधिकारीसम्मलाई ध्यानाकर्षण गराएका छन् । तर, जिल्ला प्रशासन कार्यालय समेत यो विषयमा सजग देखिँदैन । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले क्यासिनोका वारेमा पटक– पटक सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनले पत्रकार सम्मेलनमा समेत सार्वजनिक रुपमै होटल किङ्गसबरीमा खुलेआम नेपाली प्रवेश गराएर क्यासिनो खेलाएको भन्दै खबरदारी गर्न आग्रह गरेका थिए ।

तर, झापा प्रशासनले नसुनेका कारण होटल किङ्गसबरीमा पटक–पटक त्यस्ता घटना घटेका छन् ।
केही समय अघि समाचार संकलनका लागि गएका एक पत्रकारलाई समेत होटलभित्रै कुटपिट गरेको र खिचिएका सामग्री समेत डिलिट गर्न लगाएको बताइन्छ । ती पत्रकारले नेपालीले खुलेआम रुपमा क्यासिनो खेल्दै गरेको दृष्य कैद गरेका थिए । होटलभित्रै कुटिएका पत्रकारले समेत सो विषय सार्वजनिक गर्न सकेनन् । कारण उनीसँग भएको सबै प्रमाण नष्ट गरिएको थियो ।

यता होटल तथा क्यासिनोका संचालक रबि धितालले भने नेपाली नागरिक क्यासिनो छिर्ने गरेको अस्विकार गरे । उनले नेपाली नागरिक क्यासिनो नछिरेपनि आफुलाई केही असर नपर्ने दाबी गरे । तर, बिना कुनै कागजात चेकजाच जोसुकै पनि मनलाग्दी क्यासिनो छिरेको देख्न सकिन्छ ।

अन्तर्राष्ट्रिय आर्थिक अपराधमा पनि जोडियो झापामा संचालित बिग ड्याडि र सेभेन हर्सेस क्यासिनो
अन्तराष्ट्रिय अनलाइन सट्टेवाजीमा झापामा सञ्चालित क्यासिनो समेत जोडिएको पाइएको छ । भारत कर्नाटक राज्यका कांग्रेस विधायक केसी वीरेंद्रलाई शुक्रवार सिक्किमको राजधानी गान्तोकबाट भारतीय प्रवर्तन निर्देशनालय ९इडी० ले पक्राउ गरेपछि नेपालमा सञ्चालित क्यासिनो वीग ड्याडी र बिर्तामोडको सेभेन हर्सेस क्यासिनो समेत विवादमा परेको छ ।

झापाको मेचीनगरमा सञ्चालित होटल मेची क्राउनको हाताभित्र सञ्चालित क्यासिनो वीग ड्याडी, बिर्तामोडस्थित होटल किङ्वेरीका मालिक रवि धितालले वीग ड्याडीसंग साझेदारीमा सञ्चालन गर्दै आएका छन् ।

नेपाली छिराएर पटक पटक विवादमा तानिएको क्यासिनो अब भारतीय प्रवर्तक निर्देशनालयको समेत अनुसन्धानको घेरामा तानिएको छ । बुधवार विहान मात्र भारतीय प्रवर्तक निर्देशनालयको टोलीले एचएमसीमा सञ्चालित क्यासिनो विग ड्याडीका कार्मचारीहरुसंग सोधपुछ गरेको श्रोतले बताएको छ । त्यस्तै बुधबार नै उक्त टोलीले बिर्तामोडमा रहेको सेभेन हर्सेस क्यासिनोको कर्मचारीसँग समेत संचालक रबि धिताल र क्यासिनोको बारेमा सोधपुछ गरेको बताईएको छ ।

भारतीय विधायक केसी बीरेन्द्रको भारतीय सहर गोवामा समेत क्यासिनो व्यवसाय रहेको छ भने होटल किङ्वेरीका सञ्चालक रवि धितालको पनि अन्तराष्ट्रिय अनलाइन सट्टेवाजीमा सम्लग्नता देखिएको हो ।

भारत कर्नाटक राज्यका कांग्रेस विधायक केसी वीरेंद्रलाई मनी लान्ड्रिंग रोकथाम ऐन (पीएमएलए) अन्तर्गत पक्राउ गरिएको थियो। उनीमाथि अनलाइन र अफलाइन सट्टेबाजी, मनी लान्ड्रिंग र अवैध विदेशी नेटवर्कहरूसँग सम्बन्ध राखेको आरोप छ ।

उनलाई मनी लान्ड्रिंग रोकथाम ऐन (पीएमएलए) अन्तर्गत पक्राउ गरिएको थियो। उनीमाथि अनलाइन र अफलाइन सट्टेबाजी, मनी लान्ड्रिंग र अवैध विदेशी नेटवर्कहरूसँग सम्बन्ध राखेको आरोप छ ।
केसी वीरेन्द्रको बेंगलुरु र अन्य स्थानमा ईडीले छापा मारेको थियो। यस क्रममा एजेन्सीले १२ करोड रुपैयाँ नगद, ६ करोड रुपैयाँको सुनका गहना, १ करोड रुपैयाँको विदेशी मुद्रा र ४ वटा महँगा लक्जरी कारहरू जफत गरेको थियो । यति मात्र होइन, ईडीले विदेशी क्यासिनोसँग सम्बन्धित केही महत्वपूर्ण कागजातहरू र लाभांशको एक्सेल पानाहरू पनि बरामद गरेको छ ।

पुजन घिमिरे

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Chicken Road Bonuses and Promo Codes for Indian Players