जोडिनुहोस
  • होमपेज
  • इम्बार्क कलेजद्वारा युवाका लागि ‘अप्रेन्टिससिप’ र ‘स्टार्टअप क्षमता विकास’ कार्यक्रम सार्वजनिक

इम्बार्क कलेजद्वारा युवाका लागि ‘अप्रेन्टिससिप’ र ‘स्टार्टअप क्षमता विकास’ कार्यक्रम सार्वजनिक

काठमाडौं। नेपालमा व्यवसायिक शिक्षा र युवाका रोजगारीका अवसरलाई विस्तार गर्ने उद्देश्यसहित इम्बार्क कलेजले दुई महत्वपूर्ण कार्यक्रम सार्वजनिक गरेको छ। बिहीबार आयोजित विशेष कार्यक्रममा कलेजले ‘अप्रेन्टिससिप कार्यक्रम’ र ‘स्टार्टअप क्षमता विकास कार्यक्रम’ सुरु गरेको घोषणा गरेको हो।

यी कार्यक्रमहरु नेपालका भविष्यका व्यवसायिक नेतृत्वहरू विकास गर्न, रोजगारी सुनिश्चित गर्न र उद्यमशीलता प्रवर्द्धन गर्न उद्देश्यित छन् । इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सिइओ आशिष ठाकुरले भने, “यो कार्यक्रमले स्नातकहरूले शैक्षिक जीवनपछि व्यावसायिक जीवनमा प्रवेश गर्दा हुने अनिश्चिततालाई अन्त्य गर्छ। हामीले व्यावसायिक शिक्षालाई प्रत्यक्ष उद्योगसँग जोडेर नेपालमा करियर रेडी शिक्षाको नयाँ मापदण्ड स्थापित गरेका छौं।”

यस अप्रेन्टिससिप कार्यक्रमले नेपालका प्रमुख तथा नविन उद्योग र उद्यमहरू सँगको साझेदारी मार्फत योग्य स्नातकहरुलाई रोजगारी सुनिश्चित गर्छ। सहभागी कम्पनीहरूले संरचित तालिम आवश्यकताको मूल्याइकन (TNA) अनुसार रोजगारीको अवसर प्रदान गरिनेछ । कार्यक्रमका विशेषताहरूमा पूर्वनियोजित संरचना, व्यावसायिक परामर्श, नियमित मूल्याङ्कन र दीर्घकालीन साझेदारी सम्झौता समावेश छन्, जसले उद्योगलाई दक्ष जनशक्ति र विद्यार्थीलाई सुनिश्चित करियर मार्गदर्शन दिन्छ ।

इम्बार्क कलेजले सुरु गरेको स्टार्टअप क्षमता विकास कार्यक्रमले कानुनी रूपमा दर्ता भई १० वर्षभन्दा कम समय संचालन भएका तथा वार्षिक कारोबार १५ करोड भन्दा कम भएका नवप्रवर्तन व्यवसायहरुलाई लक्षित गरेको छ। यस कार्यक्रमले नेपाल सरकारको राष्ट्रिय स्टार्टअप नीति २०८० र औद्योगिक उद्यम ऐन २०७६ सँग मेल खाने गरी नवप्रवर्तनशील व्यवसायहरुलाई सहयोग प्रदान गर्छ ।

प्राथमिकता दिइने व्यवसायहरूमा नवप्रवर्तन, मापनयोग्यता र बजार प्रभाव भएका स्टार्ट अपहरू पर्छन् । सीईओ ठाकुरका अनुसार, ‘नेपालमा उद्यमशीलताको सम्भावना अपार छ, तर रणनीतिक स्रोतहरू सम्मको पहुँच सीमित छ। हाम्रो कार्यक्रमले नवप्रवर्तनलाई दीगो व्यवसायमा रूपान्तरण गर्न समग्र क्षमता विकासमा जोड दिन्छ।

आवेदन प्रक्रिया
अप्रेन्टिससिप कार्यक्रमका लागिः
-सीप मूल्याकन
-इम्बार्क कलेजको प्रमाणीकृत शैक्षिक तथा सीपमूलक कागजात
-संरचित अन्तर्वार्ता मार्फत व्यावसायिक मूल्याङ्कन

स्टार्टअप कार्यक्रमका लागिः

-कानुनी दर्ता प्रमाणपत्र र वित्तीय विवरण नवप्रवर्तन दर्शाउने व्यवसाय योजना
-परीक्षण समीक्षा ( Due Diligence)

ललितपुर, पुल्चोकस्थित इम्बार्क कलेज अन्तर्राष्ट्रिय व्यवसाय शिक्षामा अग्रणी संस्था हो, जसले बीएससी, बीज्नेश म्यानेजमेन्ट, एमबीए र एसीसीए (BSc. Business Management, MBA र ACCA) कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका