जोडिनुहोस
  • होमपेज
  • बाजुराको तलगाउँ पहिरोको जोखिममा

बाजुराको तलगाउँ पहिरोको जोखिममा

बाजुरा।अविरल वर्षाका कारण पहिरो बग्न थालेपछि बाजुराको बडीमालिका नगरपालिका–७, जिल्लीस्थित तलगाउँ बस्ती जोखिममा परेको छ ।

भदौ ६ गतेको वर्षापछि गाउँको तलपट्टीबाट गएको पहिरोले २० घर उच्च जोखिममा पारेको वडा नं. ७ का वडाध्यक्ष धर्मराज पाध्यायले जानकारी दिए । उनका अनुसार तीमध्ये आठ घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था छ ।

शुक्रबार वडाध्यक्ष पाध्यायको नेतृत्वमा गएको अनुगमन टोलीले २० परिवार जोखिममा रहेको र आठ परिवारलाई तत्काल सार्नुपर्ने निष्कर्ष निकालेको टोली सदस्य तथा वडा सदस्य पार्वती जोशीले बताए ।

जिल्ला विपद् व्यवस्थापन समिति, बाजुराका अनुसार हाल जिल्लाभरि ५३ भन्दा बढी बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका