जोडिनुहोस
  • होमपेज
  • यस वर्ष पनि नयाँ नोट नभई केवल सुकिला नोट सटही हुने

यस वर्ष पनि नयाँ नोट नभई केवल सुकिला नोट सटही हुने

काठमाडौँ ।दशैंलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटहीको व्यवस्था गर्ने भएको छ।

राष्ट्र बैंकका अनुसार यस वर्ष पनि नयाँ नोट नभई केवल सुकिला नोट मात्र सटही गरिनेछ। गत वर्ष पनि नयाँ नोट वितरण नभई यही व्यवस्था गरिएको थियो।

नोट सटही सुविधा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलीसहित विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा उपलब्ध हुनेछ।

यस्तै, राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूमा पनि सर्वसाधारण र संघसंस्थाले सुकिला नोट सटही सुविधा पाउने व्यवस्था गरिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका