जोडिनुहोस

हालको खबर

  • होमपेज
  • प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं । प्रतिनिधिसभा विघटन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका हुन् ।

जेनजीले गरेको आन्दोलनपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेकी कार्कीको सिफारिसमा प्रतिनिधि सभाको विघटन गरेका छन् ।

त्यसैगरी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने गरी मिति पनि तोकिएको छ ।  प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन् ।

यसअघि जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ बमोजिम कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।

राष्ट्रपति पौडेलले विशेष परिस्थितिमा संबिधानले दिएको विशेष अधिकारको प्रयोग गरेर प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ  ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका