जोडिनुहोस
  • होमपेज
  • दाङमा ७३० हेक्टरमा व्यावसायिक केराखेती

दाङमा ७३० हेक्टरमा व्यावसायिक केराखेती

घोराही (दाङ)। दाङमा व्यावसायिक केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ। कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७३० हेक्टर क्षेत्रफलमा केराखेती गरिएको छ, जसबाट ९,९७३ मेट्रिक टन केरा उत्पादन भएको छ। अघिल्लो वर्ष ६७० हेक्टरमा मात्र केराखेती भएकाले यस वर्ष १५० हेक्टरले वृद्धि भएको हो।

कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीका अनुसार उत्पादन बढ्दै गए पनि चाडपर्वका समयमा जिल्ला बाहिर र भारतबाटै केरा ल्याउनुपर्ने अवस्था रहने गरेको छ। उनले आत्मनिर्भर उन्मुखतर्फ प्रगति भए पनि सबै रोपिएका बिरुवा उत्पादन नदिएकाले अझै अपूरो भएको बताए।

दाङको देउखुरी, राप्ती, शान्तिनगर, गढवा, घोराही र तुलसीपुरका विभिन्न क्षेत्रमा व्यावसायिक केराखेती हुने गरेको छ। किसान र व्यवसायीले ठूलो लगानी गर्दै आएका छन् भने अनुदानमार्फत खेती विस्तारलाई प्रोत्साहन गरिएको छ।

फलफूल व्यवसायी भगत विकका अनुसार जिल्लाको उत्पादनले करिब तीन महिना मात्र माग धान्ने भएकाले भारतसहित अन्य जिल्लाबाट केरा ल्याउनुपर्ने अवस्था छ। मागअनुसार उत्पादन नहुँदा बर्सेनि करोडौँ रुपैयाँ बाहिरिने गरेको उनले बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका