जोडिनुहोस
  • होमपेज
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा संगीता भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमआरआई मेसिन खरिदमा भ्रष्टाचार भएको दावी गर्दै मुद्दा दायर गरेको हो ।

मेसिन खरिदमा १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको विशेष अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ । यस प्रकरणमा भण्डारीसहित १३ जना प्रतिवादी छन्।भण्डारी पूर्वमन्त्री शरतसिंह भण्डारीकी बहिनी हुन्।

बिहीबार आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका  तत्कालीन का.मु. रजिष्ट्रार झन्कार लामिछानेसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

उनीहरू माथि गैर कानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका