जोडिनुहोस
  • होमपेज
  • गिरी फाउण्डेशनको आयोजनामा मोरङ कारागारमा १४३ जना कैदीबन्दीले गरे रक्तदान

गिरी फाउण्डेशनको आयोजनामा मोरङ कारागारमा १४३ जना कैदीबन्दीले गरे रक्तदान

विराटनगर — मोरङ कारागारका १४३ जना कैदीबन्दीले रक्तदान गरेका छन्। गिरि फाउण्डेशन मोरङको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको सहयोगमा कारागार परिसरमै रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

विभिन्न कसुरमा रहेका कैदीबन्दीहरुले उत्साहपूर्वक सहभागिता जनाउँदै रक्तदान गरेका थिए। हाल मोरङ जिल्लामा रक्त अभावको समस्या भइरहेका बेला यो अभियानले सहयोग पुर्‍याउने गिरि फाउण्डेशनका अध्यक्ष अभिषेक गिरिको अपेक्षा छ ।

“कैदीबन्दीहरुले समाजप्रतिको उत्तरदायित्व र मानवीय संवेदना देखाएका छन्,” अध्यक्ष गिरिले भने । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका सभापति शुभदेव मण्डलले कैदीबन्दीहरुलाई धन्यवाद दिँदै भने, “यो कार्य मानवीयताको उत्कृष्ट उदाहरण हो” ।

रक्तको अभावका कारण बिरामीहरुले कठिनाई भोग्नुपरेको अवस्थामा आयोजित रक्तदान कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिएको सहभागीहरुले बताएका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका