जोडिनुहोस
  • होमपेज
  • रोशनी अधिकारी आईयूसीएनको क्षेत्रीय काउन्सिलर निर्वाचित

रोशनी अधिकारी आईयूसीएनको क्षेत्रीय काउन्सिलर निर्वाचित

काठमाडौं । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)को क्षेत्रीय काउन्सिलरमा नेपालकी रोशनी अधिकारी पाठक निर्वाचित भएकी छन् ।

सन् २०२६ देखि २०२९ सम्मका लागि पूर्वी तथा दक्षिण एसिया क्षेत्रबाट आईयूसीएनको क्षेत्रीय काउन्सिलरको रूपमा उनी निर्वाचित भएकी हुन् ।

यो निर्वाचन ९ देखि १५ अक्टोबरसम्म अबुधाबीमा आयोजित आईयूसीएन विश्व संरक्षण कांग्रेस २०२५ को समयमा भएको थियो । जहाँ भारत, चीन, पाकिस्तान, मलेसिया, जापान र नेपाललगायत क्षेत्रका सात उमेदवारहरूले पाँच क्षेत्रीय काउन्सिलर सिटका लागि प्रतिस्पर्धा गरेका थिए ।

धेरै टिप्पणी गरिएका