जोडिनुहोस
  • होमपेज
  • राजनीतिक यात्राको अन्त्य घोषणा गर्दै गणेश साह माओवादी केन्द्रबाट बिदाइ

राजनीतिक यात्राको अन्त्य घोषणा गर्दै गणेश साह माओवादी केन्द्रबाट बिदाइ

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता गणेश साहले लामो राजनीतिक जीवनपछि औपचारिक रूपमा माओवादी केन्द्र छाडेको घोषणा गरेका छन्। हिमालय टेलिभिजनको कार्यक्रम ‘समय सन्दर्भ’ मा बोल्दै साहले आफ्नो उमेर ७५ वर्ष पुगेको जनाउँदै अब सक्रिय राजनीतिबाट पूर्ण अवकाश लिएको बताए। उनले भने, “अब म माओवादीको नेता पनि रहिनँ, सदस्य पनि होइन।”

साह माओवादी केन्द्रको भंग भएको केन्द्रीय समितिमा सचिव पदमा थिए र विज्ञानमन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका थिए। उनले विभिन्न चरणका एकता प्रक्रियामार्फत माओवादी केन्द्रमा प्रवेश गरेका थिए। राजनीतिक अवकाशसँगै कुनै नयाँ पार्टीमा नजाने स्पष्ट पार्दै उनले भने, “माओवादी मात्र होइन, अब म कुनै पनि राजनीतिक पार्टीमा रहने छैन।” नयाँ दल खोलेका केही व्यक्तिहरूले आफूलाई “अभिभावक”का रूपमा रहन आग्रह गरेको खुलासा गर्दै उनले त्यस्तो भूमिकाका लागि पनि तयार नभएको बताए।

यससँगै गणेश साहको झण्डै पाँच दशक लामो राजनीतिक यात्राको औपचारिक अन्त्य भएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका