जोडिनुहोस
  • होमपेज
  • सांसद विकास कोष दुरुपयोग प्रकरणमा सांसद सरोज सिंह फेरि अख्तियारको नियन्त्रणमा

सांसद विकास कोष दुरुपयोग प्रकरणमा सांसद सरोज सिंह फेरि अख्तियारको नियन्त्रणमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा फेरि एकपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्। सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोपमा उनलाई आयोगको टोलीले पक्राउ गरेको हो।

अख्तियारका अनुसार सिंहले विकास कोषबाट विनियोजित रकमको करिब ३७ प्रतिशत हिस्सा व्यक्तिगत खातामा स्थानान्तरण गरेको आशंका गरिएको छ। उनी यसअघि पनि सोही प्रकरणमा पक्राउ परेपछि तारेखमा रिहा भएका थिए।

सिंह हाल विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारीस्वरूप पक्राउ परेका हुन्। आयोगका स्रोतका अनुसार यसअघि १२ जेठमा महोत्तरीस्थित उनको निवासमा गरिएको छापामारीका क्रममा कागजात, मोबाइल र अन्य प्रमाणहरू बरामद गरिएको थियो। ती सामग्री हाल डिजिटल फरेन्सिक विश्लेषणका लागि पठाइएका छन्।

महोत्तरी क्षेत्र नम्बर–४ ९ख० बाट प्रदेशसभा सदस्य बनेका सिंह पूर्वगृहराज्यमन्त्री समेत हुन्। उनी यसअघि २० जेठमा काठमाडौंको अनामनगरबाट पनि पक्राउ परेका थिए।

अख्तियारले हालका प्रमाण र पूर्व अनुसन्धानको आधारमा सिंहविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी भइरहेको जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका