
काठमाडौं, कात्तिक २० – सामसङले आफ्नो लोकप्रिय ग्यालेक्सी एम सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एम–१७ फाइभ–जी नेपाली बजारमा ल्याएको छ। आकर्षक डिजाइन, उच्च टिकाउपन र कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसहित आएको यो मोडलले आफ्नै वर्गमा पहिलोपटक “नो–शेक क्यामेरा” सुविधा उपलब्ध गराएको कम्पनीले जनाएको छ।
यो प्रविधिबाट प्रयोगकर्ताले हल्लिन नसक्ने, स्थिर र स्पष्ट फोटो तथा भिडियो खिच्न सक्नेछन्। सामसङका अनुसार यो स्मार्टफोन त्यस्ता युवाका लागि उपयुक्त छ, जो आफ्नो हरेक क्षणलाई उत्कृष्ट गुणस्तरमा कैद गर्न चाहन्छन्।
सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणय रत्न स्थापितका अनुसार,
“ग्यालेक्सी एम–१७ फाइभ–जीमार्फत हामी एआई र प्रिमियम क्यामेरा प्रविधिलाई अझ धेरै नेपाली प्रयोगकर्तासम्म पुर्याउँदैछौँ। ‘नो–शेक क्यामेरा’ जस्ता नयाँ सुविधाले दैनिक जीवनलाई अझ सहज र रमाइलो बनाउनेछ,” उहाँले भन्नुभयो।
ग्यालेक्सी एम–१७ फाइभ–जीमा एआई प्रविधिद्वारा सञ्चालित रियल टाइम सहायक र गुगल सर्कल टु सर्च जस्ता फिचर समावेश छन्। यसले अन्वेषण, संवाद र मल्टिटास्किङलाई सहज बनाउँछ। शक्तिशाली एक्सिनोस १३३० प्रोसेसर प्रयोग भएको यो मोबाइलले खेलकुद, भिडियो स्ट्रिमिङ र दैनिक कामका लागि तीव्र र उर्जा–सक्षम प्रदर्शन प्रदान गर्छ।
यो मोडलमा ६.७ इन्चको सुपर एमोल्ड डिस्प्ले, धुलो र पानीबाट बचाउने आईपी ५४ रेटिङ, र गोरिल्ला ग्लास भिक्टस द्वारा सुरक्षा दिइएको छ। सामसङका अनुसार यी सबै संयोजनले ग्यालेक्सी एम–१७ फाइभ–जीलाई दैनिक जीवनका साहसिक क्षणहरूका लागि भरपर्दो साथी बनाएको छ।
यो फोनको मूल्य ४ जीबी र १२८ जीबी भेरियन्टको लागि रु. २५ हजार ९९९ र ६ जीबी र १२८ जीबी भेरियन्टको लागि रु. २७ हजार ९९९ तोकिएको छ।
सामसङले ग्यालेक्सी एम–१७ फाइभ–जी अहिले देशभरका सामसङ अधिकृत खुद्रा स्टोर, सामसङ प्लाजा, र प्रमुख अनलाइन प्लाटफर्महरूमा उपलब्ध गराएको जनाएको छ। ग्राहकले नजिकको बिक्री केन्द्र वा अनलाइन स्टोरमार्फत यो नयाँ स्मार्टफोन खरिद गर्न सक्नेछन्।




































