जोडिनुहोस
  • होमपेज
  • ‘निर्वाचनसँगै सुशासन कायम गर्नु सरकारको दायित्व हो’ : गृहमन्त्री अर्याल

‘निर्वाचनसँगै सुशासन कायम गर्नु सरकारको दायित्व हो’ : गृहमन्त्री अर्याल

देवदह (रुपन्देही)।गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको पहिलो प्राथमिकता निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु र सुशासनका लागि सबल आधार तयार गर्नु रहेको बताएका छन्।

भैरहवामा आज आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले सरकार निर्वाचन र सुशासनलाई नै अर्जुनदृष्टि बनाएर अघि बढेको बताए।

गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत निर्वाचन सुरक्षा योजनाअनुसार प्रदेश सरकारले पनि आफ्नो सुदृढ सुरक्षा योजना तयार गरी कार्यान्वयनमा जानुपर्ने सुझाव दिए।

“राजनीतिक दलहरूले लुटिएका हतियार र फरार कैदीबन्दीलाई सुरक्षा चुनौतीका रूपमा औँल्याउनुभएको छ। हामीले विशेष अपरेशनमार्फत धेरै हतियार फिर्ता ल्याइसकेका छौँ, धेरै फरार कैदी पनि फिर्ता भइसकेका छन्,” उनले बताए।

सङ्घीय गृह मन्त्रालय, लुम्बिनी प्रदेश सरकार तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित सो गोष्ठीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउनुपर्नेमा जोड दिए। उनले सुशासन कायम गर्न प्रदेश सरकारले रणनीतिक योजना बनाएर अघि बढिरहेको पनि बताए।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका