जोडिनुहोस
  • होमपेज
  • सुनचाँदीको मूल्य बढेको बढ्यै, कतिमा भइरहेको छ कारोबार ?

सुनचाँदीको मूल्य बढेको बढ्यै, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा ७०० सय रुपैयाँ र त्यति नै परिमाणको चाँदी १७० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल चार हजार ५५ रुपैयाँ निर्धारण भएको छ ।

मङ्गलबार सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३० र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका