जोडिनुहोस
  • होमपेज
  • आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः सम्पत्तिको सुरक्षा गर्नुपर्ने दिन छ । बौद्धिक क्षेत्रमा चालेको कदम सफल बन्नेछ । बौद्धिक साथीले असहयोग गर्दा मन दुस्खी बन्नेछ । संकटमा परिवारको साथ मिल्नेछ ।

वृषः थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ । धार्मिक व्यक्तिसँगको भेटले दिन रमाइलो बन्नेछ । साथीसँग भेटघाट गर्ने अवसर मिल्नेछ ।

मिथुनः मन चञ्चल बन्नेछ । अनावश्यक कुरा सोच्न थाल्दा घाटा हुनेछ । अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ । स्वास्थ्यमा गढबढी हुनसक्छ । शिक्षाको क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ ।

कर्कटः दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ । इज्जत राख्न सम्पत्ति खर्च गर्नुपर्ने हुनसक्छ । राजनीतिक संगठनमा राम्रो पहुँच भएकाले महत्त्वपूर्ण काम बन्नेछ । पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ । परिवारको साथले नयाँ काम बन्नेछ ।

सिंहः दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । साथीभाइ साथ दिन भन्दा कुरा काट्न सक्रिय हुनेछन् । वैदेशिक रोजगारीको क्षेत्रमा लगानी भए फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्याः दिन राम्रो छ । सोचेको काम गर्दा दोहोरो फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ । मन शान्त बन्नेछ । रोगलाई जित्न सक्ने अवस्था छ । परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ ।

तुलाः अनुत्पादक क्षेत्रमा गरेको लगानीले मन अशान्त बन्नेछ । खर्च कटौती गर्नुपर्ने समय छ । दैनिक काम सञ्चालन गर्न सहज हुनेछ । शिक्षाको क्षेत्रमा फाइदा हुनेछ । मन शान्त बने पनि अरुको सल्लाहले गलत बाटो लिनसक्ने जोखिम रहेको छ ।

वृश्चिकः आज साझेदारीमा गरेको लगानीले दीर्घकालीन योजना बनाउन सहयोग गर्नेछ । बौद्धिक व्यक्तसँगको अन्तरक्रियाले मन शान्त बन्नेछ । साना कुरामा अल्झिनाले मन अशान्त बन्नेछ । परिवारसँगको भेटमा खुशी मिल्नेछ ।

धनुः दिन सहज छ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । उपचारमा भए रोगबाट मुक्त हुने योग छ । राज्यका तर्फबाट साथ र सहयोग मिल्नेछ । सामाजिक सेवाको अवसरको सदुपयोग गरेमा फाइदा हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मकरः दिन राम्रो छ । साथीभाइबाट सकारात्मक साथ र सहयोग मिल्नेछ । पठनपाठनमा मन जानेछ । सञ्चित धन खर्च हुने भएकाले खर्च कटौती गर्नु राम्रो हुनेछ । शिक्षामा मिहिनेत गर्नुपनर्ने समय छ ।

कुम्भः दिन सामान्य छ । साना कुराले मनमा झन्झट बढ्नेछ । सहयोग गर्ने भन्दा असहयोग गर्ने साथीको बहुमत छ । मिहिनेत गरेमा सोचेको काम बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

मीनः शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बोली र व्यवहार फरक भएमा अप्ठेरोमा पर्ने जोखिम छ । बोलेको काम गर्नुपर्ने बाध्यता हुनसक्छ । स्वास्थ्यमा सुधार हुनेछ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14