जोडिनुहोस
  • होमपेज
  • केएफसी अब राजमार्गमा पनि, कुरिनटारमा खुल्यो फ्यागसिप आउटलेट

केएफसी अब राजमार्गमा पनि, कुरिनटारमा खुल्यो फ्यागसिप आउटलेट

लोकप्रिय चेन रेस्टुरेन्ट केएफसीको अर्को आउट लेट कुरिनटारमा खुलेको छ । ई–स्टप कुरिनटार र केएफसीको साझेदारीमा पहिलोपटक राजमार्गमा नयाँ आउटलेट विस्तार गरिएको हो ।

ग्रीन रेस्टुरेन्टको रूपमा पृथ्वी राजमार्गको कुरिनटारमा फ्ल्यागसिप ग्रीन केएफसीको सुरुवात गरिएको कम्पनीले जनाएको छ, जसले राजमार्गमा यात्रा गर्ने र थकानसँगै केएफसीको मजा लिने सुविधा थपेको जनाइएको छ ।

बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको केएफसी ग्रीन रेस्टरेन्टमा विद्युतीय सवारी चार्जिङ सुवधासमेत रहेको कम्पनीले जनाएको छ ।

‘काठमाडौं–मुग्लिङ राजमार्गको दारेचोकमा रहेको ई–स्टप आफैँमा एक प्रमुख आतिथ्य सेवा विश्रामस्थलको रूपमा स्थापित भइसकेको छ, जसले फाइन डाइनिङ, विभिन्न थरीका नेपाली खाना, आवश्यक आराम र ठूलो ईभी चार्जिङ स्टेसनहरूको सहज सम्मिश्रण गर्दछ,’ कम्पनीले विज्ञप्तिमार्फत भनेको छ ।

यो उपलब्धिसँगै नेपालमा केएफसीको २५औँ आउटलेट पुगेको छ । यो कम्पनीको आफ्नो १६ वर्षे यात्राको दौरानमा पाएको अर्को व्यावसायिक सफलता हो ।

KFC-(2)-1767249811.jpg

धेरै टिप्पणी गरिएका