
धादिङ । नेपाली कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य सिता ढुंगाना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेकी छिन् । गजुरी गाउँपालिकाकी पूर्वउपाध्यक्ष ढुगांना रास्वपा प्रवेश गरेकी हुन् ।
एमालेबाट उपाध्यक्ष भएकी उनी पछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेकी थिइन् । प्रचण्डको नेकपा माओवादी केन्द्र र माधव नेपालको नेकपा एकीकृत समाजवादी लगायतको पार्टी एकता भएपछि ढुंगाना नेकपाको केन्द्रीय सदस्य भएकी थिइन् ।
ढुंगाना रास्वपा प्रवेश गरेपछि पूर्वमन्त्री, मुख्यमन्त्री नेकपाका उपल्लो तहका नेता राजेन्द्र पाण्डेलाई ठुलो राजनीतिक धक्का लागेको छन् ।
अझै पनि उनको सामाजिक सञ्जालमा नेकपाकै केन्द्रीय सदस्य भन्ने छ ।





































