जोडिनुहोस
  • होमपेज
  • गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक सुरु

गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक सुरु

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक सुरु भएको छ।

ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा केही बेरअघि बैठक सुरु भएको हो।

संस्थापन पक्षले हिजो गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गरेपछि विशेष महाधिवेशनमार्फत थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्य समिति चयन गरिएको थियो।

गगन थापा पक्ष पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग जाने तयारीमा छ। बैठकले आगामी रणनीति र आवश्यक निर्णयहरू तय गर्ने जनाइएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका