
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल
मेषः दिन सहज छ । सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ । राज्यको अंगमा संलग्न भए बढुवा हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्रतिपक्षी भनिएका साथीको साथ मिल्ने भएकाले लगानीका क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ । व्यापारमा फाइदा हुनेछ ।
वृषः बन्धुसँगको सहकार्य सफल बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । विद्याको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । परिवारसँग सल्लाह गरेर अगाडि बढेमा दिन राम्रो बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मिथुनः तपाईंकै बोलीले विवाद बढ्नेछ । साथीहरुको असहयोग हुने भएकाले थोरै बोल्नु आवश्यक छ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । लगानीका क्षेत्रमा गरेको मिहिनेत सफल बन्नेछ । शिक्षाको क्षेत्रमा भने आलश्यता बढ्नेछ ।
कर्कटः सम्पत्तिको घमण्ड हुनसक्छ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । जन्मकुण्डलीमा शनि सहज भएमा राम्रो काम बन्नेछ । इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ ।
सिंहः मनमा उमंग बढ्नेछ । व्यापारमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । मेहनत गरेमा मात्र सफलता प्राप्त हुने दिन छ ।
कन्याः अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । समाजमा आफू बढी नै खटेर नाम कमाउनुपर्नेछ । राजनीतिक क्षेत्रमा तपाईंलाई प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्ने समूह सक्रिय देखिन्छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
तुलाः न्यायपूर्वक गरेको कर्मको फल प्राप्त हुनेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा मिहिनेत बढी नै गर्नुपर्ने देखिन्छ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुन्छ ।
वृश्चिकः आज शुभ समाचार सुन्दा मन हर्षित हुनेछ । साथीभाइसँगको भेटले मनमा आनन्द मिल्नेछ । आम्दानीका नयाँ स्रोतहरु खुल्दै जाने संकेत देखिन्छ ।
धनुः दिन सहज छ । बोल्दा सचेत हुनुपर्नेछ । राजनीतिक क्षेत्रमा नाम र दाम मिल्ने योग छ । मनमा कुरा गुम्स्याएर नराख्नु राम्रो हुनेछ । स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ । पुराना साथीले तपाईंका गल्तीको खोजी गरिरहेकाले सचेत बन्नुपर्नेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ ।
मकरः दिन चुनौतीपूर्ण छ । हरेक क्षेत्रमा संघर्ष गर्नुपर्नेछ । पूर्वको लामो यात्रा नगर्नु उचित हुनेछ । अनुत्पादक क्षेत्रमा लगानी नगर्नु उचित हुन्छ । चिट्ठाको लोभमा नपर्नु राम्रो हुन्छ । बौद्धिक व्यक्तिको सल्लाहमा अगाडि बढ्नुपर्ने समय छ ।
कुम्भः मन शान्त बन्ने योग छ । आज बनाएका योजना दीर्घकालीन बन्नेछन् । परिवारमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध समुधुर बन्नेछ । बिहान उठेर शिवको भजन मात्र सुन्न सकेमा मन शान्त बन्नेछ।
मीनः बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ । परिवारको सल्लाह अनुसार अगाडि बढेमा दैनिकी सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।






































