जोडिनुहोस
  • होमपेज
  • आसन्न निर्वाचनमा १६० जना महिलाले स्वतन्त्र प्रतिस्पर्धा गर्दै

आसन्न निर्वाचनमा १६० जना महिलाले स्वतन्त्र प्रतिस्पर्धा गर्दै

काठमाडौं– आसन्न निर्वाचनका लागि १ सय ६० जना महिला उम्मेदवारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारी दर्ता गराएकामध्ये १३ प्रतिशत बढी महिलाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

‘महिला र पुरुष गरी देशभर १ हजार २४ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएकोमा १६० जना महिला रहेका छन्,’ आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिइन् ।

देशभर १ हजार २४ जनाले स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्ने भएका छन् । दलसहित भने १६५ निर्वाचन क्षेत्रका लागि ३ हजार ४ सय ८४ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा ३९५ जना महिला, ३ हजार ८८ जना पुरुष र १ जना अन्यबाट छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका